काठमाडौं । इंग्ल्यान्ड तथा आर्सनलका फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् ।
इंग्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सलाई पब्लिक भोटको आधारमा पछि पार्दै बेथले अवार्ड जितेकी हुन् ।
बेथ यस अवार्ड जित्ने पहिलो पहिलो फुटबल खेलाडी समेत बनिन् ।
२७ वर्षीय बेथले इंग्ल्यान्डलाई २०२२ को महिला युरोको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए ।
इंग्ल्यान्डले महिला फुटबलको पहिलो मुख्य उपाधि जित्दा बेथले ४ गोल गरेकी थिइन् ।
अर्जेन्टिनाका लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर अवार्ड जितेका थिए ।
यस्तै जिम्न्यास्टिक खेलाडी जेसिका गाडिरोभाले योङ स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड जितेकी छिन् ।