काठमाडौं । म्यानचेस्टर युनाईटेड काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति बर्नलीलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
युनाईटेडलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र मार्कुस राषफोर्डले एक एक गोल गरे ।
खेलको २७ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए ।
यस्तै नटिङघम फरेस्ट पनि अन्तिम आठमा पुगेको छ ।
फरेस्टले ब्लाकवर्न रोभर्सलाई ४-१ ले पराजित गर्यो ।
चार्लटन एथ्लेटिकले ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको छ ।