काठमाडौं । मिडफिल्डर इस्कोले ला लिगा क्लब सेभिया छाडेका छन् ।
स्पेनका मिडफिल्डर इस्कोले अनुबन्ध भएको चार महिनामै क्लब छाडेका हुन् ।
इस्कोले सेभियाका लागि १९ खेल खेलेका थिए । जसमा उनले १ गोल गर्दा ३ असिस्ट गरेका थिए ।
सेभियाले गत अगस्टमा फ्री ट्रान्सफरमा मिडफिल्डर इस्कोलाई अनुबन्ध गरेको थियो ।
इस्कोले सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेका थिए । र, सेभियासँग २ वर्षको सम्झौता गरेका थिए ।
तर, सेभियाले आपसी समझदारीमा इस्कोले क्लब छाडेको जनाएको छ।
स्पेनिस मिडफिल्डर इस्कोले ९ वर्ष बिताएर रियल छाडेका थिए ।
३० वर्षीय इस्को २०१३ मा मालागाबाट रियल आएका थिए ।
रियलका लागि इस्कोले ३ सय ५२ खेलमा ५३ गोल गरेका थिए । जसमा ५६ असिस्ट रहेको छ ।
गत सिजन रियलका लागि उनले १३ खेल खेलेका थिए ।
इस्कोले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगा जितेका छन् ।