राषफोर्डसहित चार खेलाडीको सम्झौता थप
बुधबार, पुष ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले चार खेलाडीको सम्झौता थप गरेको छ ।
युनाईटेडले मार्कुस राषफोर्ड, लुक श, डिएगो डालोट र फ्रेडको सम्झौता थप गरेको हो ।
युनाईटेडले चारै खेलाडीको सम्झौता एक वर्षका लागि थप गरेको बीबीसीले जनाएको छ ।
चारै खेलाडी आगामी जुनमा ओल्ड ट्राफोर्ड छाड्न स्वतन्त्र हुने छन् ।
युनाईटेडले गोलकिपर डेभिड डी गियासँगको सम्झौता थपका लागि वार्ता गरिरहेको समेत बताईएको छ ।
गोलकिपर गियाको सम्झौता सिजनको अन्त्यसँगै सकिदैछ ।
राषफोर्डसहित चार खेलाडीको सम्झौता थप






-1763309767672.webp&w=3840&q=75)






