काठमाडौं । प्रिमियर लिग लेस्टर सिटी काराबाओ कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
मंगलबार राति एमके डोन्सलाई ३-० गोल अन्तरले हराउँदै लेस्टरले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
लेस्टरको जितमा जेमी भार्डी, युरी टेलिमन्स र आयोजे परेजले एक एक गोल गरे ।
यस्तै न्युकासल युनाईटेड पनि अन्तिम आठमा प्रवेश गरेको छ ।
न्युकासलले बर्नेमाउथलाई १-० ले पराजित गर्यो ।
न्युकासलको जितमा बर्नेमाउथ एडम स्मिथले आत्मघाती गोल गरे ।
साउथह्याम्पटन र उल्भ्सले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
साउथह्याम्पटनले लिन्कन सिटीलाई २-१ ले पराजित गर्यो ।
उल्भ्सले गिलिनघमलाई २-० ले हरायो ।