कुन्हा उल्भ्समा अनुबन्धित हुँदै
मंगलबार, पुष ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले ब्राजिलियन फरवार्ड माथिउस कुन्हालाई अनुबन्ध गर्ने भएको छ ।
उल्भ्सले ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्ध गर्ने भएको हो ।
उल्भ्स र कुन्हाबीच मौखिक सहमति बनेको बताईएको छ ।
२३ वर्षीय फरवार्डले ब्राजिलका लागि ८ खेल खेलेका छन् ।
तर, कुन्हाले यस सिजन मात्र एक खेल खेलेका छन् ।
कुन्हा उल्भ्समा अनुबन्धित हुँदै






-1763309767672.webp&w=3840&q=75)






