वेस्ट ह्यामले अनुबन्ध गर्यो ब्राजिलियन डिफेन्डर
सोमबार, ०४ पौष २०७९खेलपाटी संवाददाता
काठमाडौं । प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाईटेडले ब्राजिलियन डिफेन्डर लुइजाओलाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले २० वर्षीय डिफेन्डरलाई ब्राजिलियन क्लब साओ पाउलोबाट अनुबन्ध गरेको हो ।
लुइजाओ अनुबन्ध रकम भने वेस्ट ह्यामले खुलाएको छैन ।
उनी जनवरी १ बाट वेस्ट ह्याममा अनुबन्धित हुने छन् ।
उनले वेस्ट ह्यामसँग २०२६ सम्मको सम्झौता गरेका छन् ।
वेस्ट ह्यामले अनुबन्ध गर्यो ब्राजिलियन डिफेन्डर










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


