मोड्रिचले तत्काल सन्यास नलिने

काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले अन्तराष्ट्रिय फुटबलबाट तत्काल सन्यास घोषणा नगर्ने भएका छन् ।
स्पेनिस क्लब रियल मड्रिडका प्लेमेकरले कम्तिमा अर्को वर्षसम्म क्रोएसियाका लागि खेल्ने योजना बनाएको बताएका छन्।
क्रोएसियालाई विश्वकपमा तेस्रो स्थान दिलाउन सफल मोड्रिचले अर्को वर्ष जुनमा हुने नेसन्स लिग फाइनलसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने योजना बनाएका छन् ।
शनिबार राति मोरक्कोलाई २-१ ले हराएर क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो ।
'म राष्ट्रिय टोलीको आनन्द लिइरहेको छु,' ३७ वर्षीय मोड्रिचले भने, 'मलाई अझै पनि उच्च स्तरमा प्रदर्शन गर्न सक्छु जस्तो लाग्छ । म कम्तिमा नेसन्स लिगसम्म जारी राख्न चाहन्छु। यसले मलाई युरो २०२४ को बारेमा सोच्न समय दिनेछ ।'
मोड्रिचको यो अन्तिम विश्वकप हो । २०१८ को रुस विश्वकपमा मोड्रिचले क्रोएसियालाई उपविजेता बनाएका थिए ।









-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
