रोन्डनले छाडे एभर्टन
शनिबार, ०२ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब एभर्टनका फरवार्ड सालोमन रोन्डनले क्लब छाडेका छन् ।
भेनेजुएलाका फरवार्डले आपसी सहमतिमा क्लब छाडेको एभर्टनले जनाएको छ ।
३३ वर्षीय फरवार्ड गत वर्ष एभर्टन आएका थिए । तर, सम्झौता नसकिदै उनले एभर्टन छाडेका हुन् ।
न्युकासल र वेस्ट ब्रुमका पूर्व फरवार्डको सझौता २०२३ को जुनमा सकिने थियो ।
रोन्डनले एभर्टन, वेस्ट ब्रुम र न्युकासलबाट गरि प्रिमियर लिगमा १ सय ६७ खेल खेल्दा ३६ गोल र १५ असिस्ट गरेका थिए।
उनले भेनेजुएलाका लागि ९२ खेलमा ३८ गोल गरेका थिए ।
रोन्डनले छाडे एभर्टन









-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
