काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले मछिन्द्र क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन् । एन्फा कम्प्लेक्समा सुरु खेलमा दुवै टोलीको लक्ष्य लिगमा पहिलो जित निकाल्नु हुनेछ ।
दुवै टोलीले अहिलेसम्म लिगमा ३ अंक बटुल्न सकेका छैनन् । मछिन्द्र २ अंक सहित ११ औ स्थानमा छ । उसले २ हार र २ बराबरीको नतिजा ब्यहोरेको छ ।
फ्रेन्ड्सको मात्र एक अंक छ । तीन हार र एक बराबरीको नतिजाले उसलाई लिगको पुछारदेखि दोस्रोमा राखेको छ ।