काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलका १६ वर्षे युवा फरर्वाड एन्ड्रिक फेलिपलाई अनुबन्ध गरेको छ ।
एन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिनेछन् ।
फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ।
ब्राजिलको यू–१७ अन्तर्राष्ट्रिय खेलाडी रहेका एन्ड्रिकले यो सिजन ब्राजिली सिरी 'ए' का सात खेलमा तीन गोल गरेका छन् ।
एन्ड्रिक पाल्मेरासको इतिहासमा सबैभन्दा कम उमेरका खेलाडी र गोलकर्ता दुवै हुन्।