काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमयानुयल म्याक्रोनले कतार विश्वकपको फाइनल खेलमा राष्ट्रिय टिमका घाईते खेलाडीलाई लैजाने इच्छा ब्यक्त गरेका छन् ।
खेलाडीहरु करिम बेन्जिमा, पाउल पोग्बा र एनगोलो कान्टेले चोटका कारण कतार विश्वकप गुमाएका थिए ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोनले आईतबार अर्जेन्टिनाविरुद्ध हुने फाइनल खेलमा घाईते खेलाडीलाई संगै लैजाने चाहाना राखेका छन् । मार्काका अनुसार फ्रान्सेली खेल मन्त्री एमेली ओडिया कास्टराले घाईत खेलाडीलाई फाईनलमा लैजाने राष्ट्रपतिको रुचिलाई पुष्टि गरेका छन् ।
'मलाई थाहा छ, उहाँ यो गर्नका लागि इच्छुक हुनुहुन्छ । र यसको अध्ययन भैरहेको छ । हामी हेर्नेछौं, के के सम्भव छ ।' उनले भनेका छन् ।
बेन्जिमा, पोग्बा र कान्टे यस वर्ष लगातार चोटबाट पिडित भएपछि प्रतियोगिताबाट बाहिरिएका थिए । रियल मड्रिडका फरवार्ड बेन्जिमा आफ्नो घरेलु क्लबका लागि प्रशिक्षणमा फर्किएका छन् ।
फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पलाई पछिल्लो पटक बेन्जिमालाई बेन्चमा देख्न सकिने सम्भावनाको विषयमा समेत सोधिएको थियो ।
३४ वर्षिया फरवार्डलाई रियल मड्रिडले बिहीबार लेगानेसविरुद्ध १–१ को नतिजा निस्किएको खेलमा मैदान उतारेको थियो । उनी अर्जेन्टिनाविरुद्धको खेल अघिनै मैदानमा देखिएका छन् । तर उनी खेलको दौरान मैदानमा देखिने छैनन् ।