काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् ।
कतार फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।
विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो ।
पहिलोपटक क्वार्टरफाइनल पुगेको मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेको थियो ।
सान्तोसले पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका थिए । पोर्चुगल फुटबल महासंघ उनले सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सम्झौता गरेका थिए । तर उक्त सम्झौता अगाबै उनि बर्खास्तमा परेका हुन् ।