काठमाडौं । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडको ट्रेनिङ मैदान पुगेर प्रशिक्षण सुरु गरेका छन् ।
पोर्चुगल कतार विश्वकपबाट बाहिरिएपछि रोनाल्डो रियल पुगेर एकल प्रशिक्षण गरिरहेको बीबीसीले जनाएको छ ।
पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् । क्लब विहीन रहेपछि रोनाल्डोले रियलको ट्रेनिङ सेन्टर भल्देबेबासमा प्रशिक्षण सुरु गरेका हुन् ।
रोनाल्डोको आग्रहपछि रियलले उनलाई ट्रेनिङ सेन्टर उपलब्ध गराएको हो ।
रियल रोनाल्डोको पूर्व क्लब समेत हो । रोनाल्डो रियलका लागि सर्वाधिक गोलकर्ता हुन् ।
रोनाल्डो २००९ मा म्यानचेस्टर युनाईटेडबाट रियल आएका थिए । तर, उनी २०१८ मा रियल छाडेर युभेन्ट्स गएका थिए । रोनाल्डो २०२१ मा युभेन्ट्स छाडेर युनाईटेड फर्किएका थिए ।