काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड अर्मान्डो ब्रोजाले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्।
घुँडाको एसीएल चोटका कारण ब्रोजाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
अल्बानियाका ब्रोजाले आबुधाबीमा आइतबार भएको एस्टन भिल्लाविरुद्धको मैत्रीपूर्ण खेलमा चोट बोकेका हुन् ।
चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरले ब्रोजाले सिजनको बाँकी खेल गुमाउने पुष्टि गरेका छन् ।
२१ वर्षीय फरवार्डले यस सिजन प्रिमियर लिगमा १२ खेल खेलेका छन् ।
ब्रोजाले चोट बोकेपछि चेल्सी दबाबमा आएको छ ।
यस सिजन चेल्सी आठौं स्थानमा रहेको छ ।