काठमाडौं । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका पूर्व फरवार्ड इडेन हाजार्ड अनुबन्धको लागि चाँसो राखेको छ ।
इटालियन मिडियाले स्पेनिस क्लब रियल मड्रिडका हाजार्ड अनुबन्धका लागि चाँसो देखाएको जनाएको छ ।
हाजार्डले कतार विश्वकपबाट बाहिरिए लगत्तै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।
३१ वर्षीय हाजार्ड रियल छाड्ने योजनामा समेत छन् ।
हाजार्ड २०१९ मा इंग्लिस क्लब चेल्सीबाट रियल आएका थिए ।
तर, हाजार्डले रियलमा आफुलाई प्रमाणित गर्न सकिरहेका छैनन् ।