काठमाडौं । इंग्लिस प्रिमियर लिग र इंग्लिस फुटबल लिगमा गत सिजन खेल हेर्न आएका १८ सय बढी दर्शक घाइते भएका छन् ।
स्पोर्ट्स ग्राउण्ड सेफ्टी अथोरिटीले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ सय ४१ जना दर्शक घाइते भएको देखिएको छ ।
घाइते दर्शक मध्ये १ सय ५५ जनालाई अस्पताल भर्ना गरेर उपचार गरिएको थियो ।
२०२०-२१ को सिजन ३४,३१७,३७४ दर्शक रंगशालामा आएर खेल हेर्दा १८ सय ४१ दर्शक घाइते भएका हुन् ।
खेल दौरान ७० प्रतिशत दर्शक सेलिब्रेसन गर्दा, हिड्दा चिप्लिएर र सिटबाट लड्दा घाइते भएका छन् । ३० प्रतिशत दर्शक घाइते हुनुको कारण अज्ञात रहेको छ ।