काठमाडौं । इंग्लिस क्लब लिभरपुलका विंगर लुइस डियाज तीन महिना मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको शल्यक्रियापछि डियाज तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
कोलम्बियाका डियाज मार्चपछि मात्र मैदान फर्कने बताईएको छ ।
२५ वर्षीय डियाजले युएईको प्रशिक्षण क्याम्पमा चोट बोकेका हुन् ।
यस अघि डियाजले गत अक्टोबरमा आर्सनलविरुद्धको खेलमा चोट बोकेका थिए।
उनी पुनरागमनका लागि युएईको ट्रेनिङ क्याम्पमा थिए ।
चोट बोक्नुअघि डियाजले १२ खेलमा ४ गोल र ३ असिस्ट गरेका थिए ।