• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
फुटबल छाडेर विशाकाको रग्बी उडान राष्ट्रिय टिममा खेल्ने सपनाको सारथी
नमीन ढकाल
सोमबार, मंसिर २६, २०७९ नमीन ढकाल
फुटबल छाडेर विशाकाको रग्बी उडान

इलाम । इलामको सूर्योदय नगरपालिका—९ की विशाका माक्रिहाङ राई (२२) लाई खेलकुद क्षेत्रमा फुटबलरको रुपमा चिनिन्छ । विभागीय टोली त्रिभुवन आर्मीमा आवद्ध विशाका महिला फुटबल टोलीको ब्याकबोन थिइन् । अधिकांश समय आर्मीको बेञ्चमा देखिने विशाकाले केही महत्वपूर्ण खेलमा गोलपोष्ट सम्हालेको अनुभव छ । गोलरक्षक अञ्जना राना मगरको विकल्प हुन् विशाका । गाउँघरमा हुने साना टोलकपबाट उठेर राष्ट्रिय स्तरको गोल्डकप खेलेकी विशाकालाई फुटबलर मात्र भनेर चिनाउँदा अन्याय हुन्छ । करिब ८ वर्ष फुटबलरको रुपमा विताएकी उनी नेपाली राष्ट्रिय रग्बी टिमको महत्वपुर्ण सदस्य पनि हुन् ।

फुटबलमा प्रवेश

विशाकाको खेल यात्रा इलामको सूर्योदय नगरपालिकाबाट सुरु भयो । सोही क्षेत्रकी एन्जिला तुम्बापो सुब्बाले राष्ट्रिय टोलीबाट फुटबल खेल्दै गर्दा विशाका फुटबल सर्मथक मात्र थिइन् । गाउँका अग्रजहरुले एन्जिला जस्तो बन्नुपर्छ भन्दा विशाकामा फुटबलर हुने हुटहुटी जाग्यो ।

No description available.

फुटबल मार्फत खेलकुद प्रवेशलाई विशाका यसरी सुनाउँछिन्, ‘ इलाम एक त खेलकुद माहोल भएको क्षेत्र गाउँघरमा समेत गेमलाई सर्पोट गर्नुहुन्थ्यो । एन्जि दिदि (एन्जिला तुम्बापो सुब्बा) गेम खेलेर राष्ट्रिय फुटबल टोलीमा पर्दा मैले खेल्न पनि थालेको थिइन् । गाउँमा एन्जि जस्तो बन्नुपर्छ भन्थे । खेलेर एन्जि दिदि जस्तो बन्नुपर्ने रहेछ भनेर चाहि गेम स्टार्ट गरेको हुँ । ’

८ वर्ष फुटबलमा बिताएकी उनले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर नपाएपनि राष्ट्रिय प्रतियोगितामा भने राम्रो एक्सपोज हुने अवसर पाएकी थिइन् । आर्मीमा विशाकाको प्रवेश हुँदा गोलरक्षकको रुपमा अञ्जना राना मगर र लिला लाम्गादे थिए । पछि लिलाले फुटबल छाडेपछि दोश्रो रोजाईमा विशाकाले अवसर पाइन् । विशाकाको सुरुवाती लक्ष्य गोलरक्षक हुने थिएन् । शारिरिक बनावटले साथ दिएको कारण उनी डिफेन्स खेल्न मनपराउँथिन् । गाउँघरमा हुने प्रतियोगितामा उनको पोजिसन डिफेन्स हुन्थ्यो । एन्जिलाले फुटबलबाट आफ्नो लक्ष्य हासिल गरेका कारण विशाकालाई समाज र परिवारबाट पनि खेलकुदमा साथ थियो ।

गोलरक्षक बनेको कथा विशाका यसरी सुनाउँछिन्, ‘ पहिला डिफेन्स खेल्थे दिदिहरुले गोलकिपर खेल तेरो ज्यान पनि छ हाइट पनि छ भन्नुहून्थ्यो । त पनि जानुपर्छ इलाम देखि राम्रो खेलाडी बन्नुपर्छ भन्नुहुन्थ्यो त्यसपछि नै गोल पोष्ट सम्हाल्न थालेको हुँ ।’ फुटबलमा पराजय भएपछि अधिकाँश गोलरक्षकको गल्ती औल्याइन्छ । तर विशाकालाई आफु गोलरक्षक भएकोमा गर्व लाग्छ । उनी टिमको सवैभन्दा बलियो पक्ष गोलरक्षक रहेको बताउँछिन् ।

No description available.

इन्जुरी छोटिएको फुटबल करियर

फुटबलमा आफुलाई प्रमाणित गर्ने अवसरको नजिक रहँदा एक्कासी उनी फुटबलबाट पलायन भइन् । घुँडाको इन्जुरीका कारण विशाकाले फुटबल छाड्न बाध्य भइन् । लामो समय इन्जुरीबाट गुज्रिएकी उनले पुनः कम्ब्याक गर्न प्रयास नगरेकी हैन् तर बारम्बार समस्या देखिएपछि फुटबल छाड्नुपरेको उनी सुनाउँछिन्, ‘ फुटबल नेपालमै चलेको छ त्यो खेलबाट टाढा हुँदा दुःख त लागेको नै छ । फुटबलमा बारम्बार इन्जुरीका कारण पहिला जस्तो खेल्न सकिन् घुँडाको इन्जुरी पटक पटक देखियो । रिकभरीपछि फुटबलमा कम्ब्याक गर्न खोजे तर सफल हुन सकिन् ।’

No description available.

राष्ट्रिय टिममा खेल्ने सपनाको सारथी रग्बी

विशाका फुटबल छाडेर दोश्रो इनिङको रुपमा रग्बी रोज्न पाउँदा खुशी नै देखिन्छिन् । ‘फुटबलबा टाढा भए तर खेलकुदबाट त भएकी छैन् रग्बीबाट मेरो सपना पूरा गर्दैछु,’ उनले सुनाईन् ।

विशाकाले रग्बी खेल्न थालेको मुस्किलले ८ महिना मात्र हुँदैछ । छोटो समयमा नै उनले राष्ट्रिय टोलीमा स्थान बनाइन् । खेल्न सुरु गरेको ३ महिना नहुँदै नेपाल रग्बीले विशाकालाई राष्ट्रिय टोली स्थान दिएको छ । एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन् गत साउनमा एलिसा थापा नेतृत्वको टोलीमा विशाकाले समेत अवसर पाइन् । इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगितामा नेपाल जित बिहिन रहँदै फर्कियो तर विशाकाको सपना भने पूरा भयो । फुटबलमा आउँदै गर्दा विशाकाको सपना थियो राष्ट्रिय टोलीको जर्सी लगाउने । साथीभाईहरुको जर्सी त लगाइन् तर त्यसमा उनको आफ्नो नाम थिएन् । अहिले रग्बीबाट उनले आफ्नै नामको राष्ट्रिय टोलीको जर्सी लगाउने अवसर इन्डोनेसियामा पाइन् । टोलीमा उनलाई विङ्गरको जिम्मा दिइएको थियो । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा विशाकासम्मलित आर्मी टिमले स्वर्ण पदक जितेको थियो ।  

No description available.

नेपाली राष्ट्रिय रग्बी टोलीका सदस्य सन्जय अधिकारीको प्रेरणाबाट रग्बी प्रति आर्कषित भएको विशाका सुनाउँछिन । 'फुटबल खेल्न नसक्ने भएपछि दाई (सन्जय अधिकारी) ले रग्बीमा राम्रो छ । नयाँ खेल हो विभागीय टोलीमा समेत आइसकेको छैन् पछि नेपालमा पनि राम्रो होला । नेशनल प्लेयर चाडो भइन्छ खेल भनेपछि म रग्बी खेल्न आर्कषित भएको हुँ,’ उनले भनिन्, ‘उहाँ पनि राष्टिय खेलाडी हुनुहून्छ । फुटबल खेलाडीलाई रग्बी खेल्न पनि सहज हुन्छ भनेर भन्नुहुन्थ्यो । उहाँले नै खेलको बारेमा सिकाउनुभयो अहिले एकदम सहज भएको छ ।’

विशाका खेलकुद क्षेत्रमा सवैभन्दा खुशीको क्षण रग्बीबाट र दुःखको क्षण फुटबलबाट पाएको सुनाउँछिन् । ‘राष्ट्रिय टोलीबाट खेल्ने इच्छा थियो रग्बी खेलबाट प्राप्त गरे । दुःखको क्षण भन्दा फुटबलले नेम र फेम दियो अहिले त्यही खेल छाड्नुपर्दा अलि नरमाइलो लाग्यो ।’

नेपाली खेलकुद विकासमा विभाग आवश्यक

विशाका नेपाली खेलकुद विकासमा विभागीय टोलीको योगदान महत्वपूर्ण रहेको बताइन् । उनको बुझाईमा विभागले खेलाडीहरुलाई अनुबन्धन गरिदिएको कारण खेलाडी पलायन कम भएको छ ।

No description available.

‘विभागीय टोलीहरुले खेलाडीलाई क्लबमा अनुबन्धन गरेको कारण खेल्ने अवसर पाउनुका साथै जागिर समेत पाएको छौ । यसले केही हदसम्म खेल क्षेत्र छाडेर जाने क्रम रोकेको छ,’ उनले भनिन्, ‘ खेलेर पनि बाँच्न सकिन्छ भन्ने आधार मेरो लागि आर्मीले तयार गरिदिएको छ ।’

खेल क्षेत्रमा सरकारको लगानी बढाउन सके नेपालको खेलकुद क्षेत्रले प्रगती गर्ने उनको बुझाई छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP