काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका गोलकिपर तथा कप्तान म्यानुएल नोयाले सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
स्की खेल्ने क्रममा खुट्टाको चोट बोकेपछि नोयाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
नोयाले सामाजिक संजाल इन्स्टाग्रामबाट चोटबारे जानकारी दिएका छन् ।
३६ वर्षीय नोयाको चोटको सफल शल्यक्रिया गरिएको छ ।
नोयाको कप्तानीमा जर्मनी कतार विश्वकपको नकआउट चरणमा पुग्न असफल भएको थियो ।
नोयाले २०१५ मा विश्वकप उपाधि जितेका थिए ।