काठमाडौं । २५ औं संस्करणको फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता भोलि सोमबारबाट सुरु हुने भएको छ।
गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलको आयोजनामा हुने प्रतियोगिता पुस ११ गतेसम्म संचालन हुनेछ ।
लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले समेत ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मस्ट प्रोमिसिङ खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।
गत संस्करण माया युनिभर्स एकेडेमी तनहुले उपाधि जितेको थियो ।