यू-२३ राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा
शनिबार, मंसिर २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपका लागि टिम घोषणा गरेको छ ।
संघले शनिबार प्रतियोगिताका लागि १४ सदस्सीय यू-२३ टिमको घोषणा गरेको हो ।
संघले राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २३ गतेसम्म छनोट भएका २० खेलाडीबाट अन्तिम १४ खेलाडीको छनोट गरेको हो ।
प्रतियोगिता बंगलादेशको ढाकामा आगामी डिसेम्बर २० देखि २६ सम्म आयोजना हुनेछ ।
नेपाली टिम -
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता , मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी , सम्राट भण्डारी, गौरब पाण्डे (लिबरो), भिम राज गुरुङ(लिबरो)

यू-२३ राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)