भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

काठमाडौं । भाटभटेनी सुपर मार्केटको जर्सीको जर्नीका विजेताहरु टी ट्वान्टी विश्वकप क्रिकेटको खेल हेर्न मुम्बई पुगेका छन् ।
राष्ट्रिय क्रिकेट टिमको जर्सी किन्ने ग्राहकहरुका लागि भाटभटेनीले जर्सीको जर्नी कार्यक्रम ल्याएको थियो । कार्यक्रमको विजेतालाई विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल देखाउन मुम्बई लगिएको हो ।
विजेताहरुको यातायात, बसोबास र रंगशालामा खेल हेर्ने सम्पुर्ण खर्च र व्यवस्थापन भाटभटेनीले गरेको हो ।
जर्सीको जर्सी कार्यक्रममा ईच्छा अर्याल, डम्मर धमला, विपिन अधिकारी, अश्मित आचार्य, पुजा नेपाल, ओम बराल, पर्वती बस्नेत, मुरारी अधिकारी, सुशान्त पौडेल, हार्दिक लोहोनी विजेता घोषित भएका थिए ।
भाटभटेनीको टी टेन राष्ट्रिय क्रिकेट टिमको मुख्य अपेरियल जर्सी हो । राष्ट्रिय क्रिकेट टिमको विश्वकपको जर्सी भाटभटेनीका विभिन्न आउटलेटमा उपलब्ध रहेको भाटभटेनी होल्डिङका कार्यकारी निर्देशक आलोक जोशीले बताएका छन् ।






-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



