काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलियन युवा मिडफिल्डर एन्ड्रिक फेलिपलाई अनुबन्ध गर्ने पक्का भएको छ।
ब्राजिलियन वन्डरकिड एन्ड्रिक अनुबन्धका लागि रियलले ब्राजिलियन क्लब पाल्मेरिससँग सहमति गरेको छ ।
१६ वर्षीय मिडफिल्डर २०२४ देखि रियलमा आबद्द हुने छन् ।
एन्ड्रिकले रियलसँग २०३० सम्मको सम्झौता गरेको बताईएको छ ।
एन्ड्रिक अनुबन्धका लागि बार्सिलोना, चेल्सी र पीएसजीले प्रयास गरेको थियो ।
तर, रियलले एन्ड्रिक भित्र्याउन सफल भएका छन् ।