काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिकले पद छाडेका छन् ।
स्पेनिस फुटबल फेडेरसनले बिहीबार मुख्य प्रशिक्षक एनरिकले पद छाडेको जनाएको छ ।
'लुइस एनरिक र सम्पूर्ण कोचिङ टिमलाई धन्यवाद चिन चाहन्छौं,' स्पेनिस एफएले भनेको छ ।
कतार विश्वकपको अन्तिम १६ बाट स्पेन बाहिरिएपछि एनरिकले मुख्य प्रशिक्षक छाडेका हुन् ।
मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै स्पेन विश्वकपबाट बाहिरिएको थियो ।
५२ वर्षीय प्रशिक्षक २०१८ मा स्पेनको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
उनको नेतृत्वमा स्पेन युरो-२०२० को सेमिफाइनलसम्म पुगेको थियो ।