काठमाडौं । नेपाली मिडफिल्डर आशिष राई भारतीय क्लब डनबस्को फुटबल एकेडेमीमा अनुबन्धित भएका छन् ।
केरेला प्रिमियर लिग २०२२-२३ का लागि डनबस्कोले आशिषलाई अनुबन्ध गरेको हो ।
डनबस्कोले बिहीबार मिडफिल्डर आशिषलाई अनुबन्ध गरिएको जनाएको छ ।
अनुबन्ध रकम भने खुलाएको छैन ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परिसकेका आशिषले गत सिजन च्यासल युथ क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए।
च्यासल रेलिगेसनमा परेको थियो ।
यस्तै आशिषले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग खेलेका थिए ।
