आइतबार, ०६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

प्याब्सन खेलकुद महोत्सव जारी  

बुधबार, २१ मंसिर २०७९खेलपाटी संवाददाता
प्याब्सन खेलकुद महोत्सव जारी  
Classic Tech Internet Ad

पोखरा । पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत बिहीबार सेमिफाइनलका खेलहरु हुने भएका छन्।

पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमीविरुद्ध इम्यानुएल स्कुलबीच खेल हुने भएको फुटबल खेल संयोजक राजु केसीले बताए ।

पोखरा रंगशालाको बैकल्पिक फुटबल मैदानमा बिहीबार दोश्रो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमीविरुद्ध लिटिल फ्लावरबीच हुने भएको छ ।

बुधबार भएको खेलमा कास्की मोडजाइज एकेडेमीले नेश्नल क्रियसनलाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल नभए पछि खेल सिधै टाईब्रकरमा पुगेको हो । अर्को खेलमा इम्यानुएलले विरेन्द्र मेमोरियललाई ४–० ले पराजित गर्यो ।

त्यसै गरी चिल्ड्रेन एकेडेमीले टाईब्रकरमा ५–३ को गोल अन्तरले हिल साइडलाई पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन । बुधबारको अन्तिम खेलमा लिटिल फ्लावरले राइजीङ स्टारलाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा जारी उक्त महोत्सव अन्र्तगत बुधबार जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए ।

बुधबारको खेलमा कास्की मोडनाइज एकेडेमीले हेमजा बोर्डिङ स्कुललाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनायो । अर्को खेलमा भने नेश्नल क्रियसनले गण्डकी एकेडेमी माथि ३–२ को जित हासिल गर्यो । समुह एमा रहेका नेश्नल क्रियसन र कास्की मोडनाइजले फाइनल यात्राको लागि प्रतिष्प्रर्धा गर्ने भएका छन्।

त्यसै गरी समुह बीमा रहेको गोर्खा बोर्डिङले बुधबारको खेलमा एलपी देवकोटा मेमोरियल स्कुललाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै सेमफाइनलमा यात्रा बनायो । बुधबारको अन्तिम खेलमा भने भुनिभर्ष स्कुलले साइनिङ स्टार स्कुल माथि २–० को शान्दार जित हात पार्दै अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको छ । मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।

भलिबल सुरु -

एन प्याव्सन खेलकुद महोत्सव अन्तर्गत पोखरामा भलिबल प्रतियोगिता सुरु भएको छ । बुधबार सम्पन्न खेलमा अञ्जुलीले लिटिल फ्लावरलाई २–० को सोझो सेटमा पराजित गर्दा अक्सफोर्डले न्यू लेखनाथलाई २–० ले नै पराजित गरेको छ ।

त्यसै गरी शिदार्थले युनिभर्सलाई २–० ले नेशनल क्रियशनले बाल प्रतिभालाई  २–० ले, कान्तीपुरले रिलायन्सलाई निकै प्रतिष्पर्धात्मक खेलमा २–१ ले पराजित गरेको छ । त्रिवेणी पब्लिकले पुष्प सदनलाई २–० ले हिलसाइडले साइनिङ स्टारलाई २–१ ले रत्न ज्योतलीले  न्यू ग्यालेक्सीलाई २–० ले,  अञ्जुलीले गोर्खा वोर्डिङ स्कूललाई २–१ ले र अक्सफोर्ड चिल्ड्रेन एकेडेमीलाई २–० को सोझो सेटमा पराजित गरेको छ ।

एथ्लेटिक्स जारी -

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भइरहेको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अत्तरगत एथ्लेटिक्सका केही खेलहरु बुधबार सम्पन्न भएका छन् ।

बुधबार भएको लङजम्प पुरुष सिनियर तर्फको फाइनल खेलमा कास्की मोडनाइजका प्रमोद थापा प्रथम भएभने त्रिबेनि पब्लिककका शिशिर कुमाल दोश्रो र अक्सफोर्डका भरत सुनार तेश्रो भए । त्यस्तै लङजम्प महिला सिनियर तर्फ लिटल बेल्सकी पुर्णीमा भण्डारी प्रथम, हेम्जा बोर्डीङकी एन्जीला बुडाथोकी दोश्रो र चिल्ड्रेन एकेडेमीकी कृष्नी क्षेत्री तेश्रो भइन् ।

लङजम्पकै पुरुष जुनियरतर्फ लिटल बेल्सका सुबास क्षेत्री, पुष्प सदनका दिपेश थापा र नेशनल क्रियशनका रितेश आले मगर क्रमशः प्रथम, दोश्रो र तेश्रो भए । त्यस्तै महिला जुनियर तर्फ त्रिबेनि पब्लिककी एन्जल अधिकारी प्रथम, हेम्जा बोर्डिङकी अनुपा बानियाँ दोश्रो र युनिभर्स बोर्डिङकी त्रिसना गुरुङ तेश्रो भइन् ।

त्यस्तै बुधबारनै भएको ८०० मिटर पुरुष सिनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीका अस्मित सिर्पाली प्रथम, कास्की मोडनाइजका कुशल गिरी दोश्रो र हेम्जा बोर्डिङका आयुष बिक तेश्रो भए । ४०० मिटर पुरुष जुनियरतर्फको फाइनलमा त्रिबेनि पब्लिकका आभाष पुन, सिद्धार्थ लभडेलका अमित खड्का र अल्फा बोर्डिङका मनिष नेपाली क्रमशः प्रथम, दोश्रो र तेश्रो भए ।

एथ्लेटिक्सकै मंगलबार भएको १५०० मिटर पुरुष सिनियर तर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीका अस्मित सिर्पाली प्रथम, कास्की मोडनाइजका प्रमोद थापा दोश्रो र अक्सफोर्ड स्कुलका सफल गुरुङ तेश्रो भए । त्यस्तै मंगलबारनै भएको ८०० मिटर महिला सिनियरतर्फको फाइनल खेलमा एलपि देभकोटाकी मेनुका अधिकारी प्रथम, ज्ञानज्योती विद्याकुञ्जकी पल्लबी नेपाली दोश्रो र चिल्ड्रेन एकेडेमीकी रिति बसेल तेश्रो भइन् ।

एथ्लेटिक्सका बाँकी रहेका फाइनल खेलहरु बिहीबार र शुक्रबार सम्पन्न हुनेछ ।

ब्याडमिन्टनतर्फ पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न-

१३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवअन्र्तगत बुधबारबाट छात्र तथा छात्रा एकलतर्फको ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

छात्रतर्फ एलपी देवकोटा मेमोरियल विद्यालयका आशिष थापालाई पराजित गर्दै साईनिङ स्टारका अर्पन राई, हेम्जा बोर्डिङ स्कुलका आशिष थापालाई पराजित गर्दै गोरखा इङ्लीसका लिलिन नेपाली, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साललाई पराजित गर्दै यूनिभर्स बोर्डिङ स्कुलका सिरिस बास्तोला, पुष्पसदन बोर्डिङ स्कुलका मोनिक थापालाई पराजित गर्दै चिल्ड्रेन्स एकेडेमीका अमृत गुरुङ विजयी भए ।

यस्तै, बड्स एकेडेमीका आयूस पहारीले रिलायन्स स्कुलका समिर जिसीलाई, ज्ञानज्योतिका सोमबहादुर गुरुङले सिद्धार्थ लभडेल बोर्डिङ स्कुलका बिशाल गुरुङलाई, सिद्धि विनायक बोर्डिङ स्कुलका सन्दिप खड्काले कान्तिपुर एकेडेमीका दिपिन सुनार र कास्की मोड्नाइज एकेडेमीका दिप रानाले गण्डकी एकेडेमीका सागर थापालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

यसैगरि छात्रा एकलतर्फ त्रिवेणीकी परिसा गुरुङले इम्यानुअल स्कुलकी प्राप्ती गुरुङलाई, पुष्पसदन एकेडेमीकी भेलेन्सिया गुरुङले हिलसाइड इङ्लिस स्कुलकी सहारा खड्कालाई , कास्की कास्की मोड्नाइज एकेडेमीकी सोनिका थापाले , बड्स एकेडेमीकी दिपलक्षा सुनारलाई पराजित गरिन् ।

यस्तै कान्तिपुर एकेडेमीकी दिया गुरुङले साइनिङ स्टार स्कुलकी बिना घिमिरेलाई , ज्ञानज्योति बोर्डिङ स्कुलकी अन्सु गुरुङले अल्फा एकेडेमीकी निकिता न्यौपानेलाई र अञ्जुली बोर्डिङ स्कुलकी मेनुका पुनले हेम्जा बोर्डिङ स्कुलकी एञ्जिला बुढाथोकीलाई पराजित गर्दै  । क्वाटर फाइनल प्रवेश गरेका छन् भने सिद्धिविनायक बोर्डिङ स्कुलकी एनी गर्बुजा लिटिल फ्लावर स्कुलले वाक ओभर दिएपछि सोझै क्वाटरफाइनलको यात्रा तय गरेकी छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ ३२ विद्यालय र छात्रातर्फ ३० विद्यालयको सहभागिता रहेको व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

यसअघि आज नै छात्र तथा छात्रा एकलतर्फको पहिलो खेलबाट दोश्रो चरणमा प्रवेश गरेका थिए । बिहीबार क्वाटरफाइनल, सेमीफाइनल चरणका खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा मंगलबारदेखि शुरु भएको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad
प्याब्सन खेलकुद महोत्सव जारी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

Bajaj Pulsar Motorcycle Ad
बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

कोशी प्राइड लिग फागुन ९ देखि

कोशी प्राइड लिग फागुन ९ देखि

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित