• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २०, २०७९ खेलपाटी संवाददाता
कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु

पोखरा । नेशनल प्याब्सन कास्कीले आयोजना गरेको ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव २०७९’ पोखरामा मंगलबारबाट औपचारिक रुपमा सुरु भएको छ ।

मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् । सो अवसरमा बोल्दै सदस्य सचिव घिसिङले बालबालिका लक्षित खेलकुद कार्यक्रमले खेलकुदको जग बलियो बनाउन अहम भूमिका खेल्ने बताए । “खेलकुदमा विद्यालयहरुको अग्रणी भूमिकाले नै राष्ट्रिय प्रतिभा प्राप्त गर्न सक्छ । राखेपले खेलकुदको विकासका लागि विद्यालयका संस्थाहरु संग सहकार्य र समन्वय गर्दै अघि बढ्न तयार छ”, उनले भने ।

नेपालमा विद्यालयस्तरको राष्ट्रिय खेलकुदको अपरिहार्यता रहेको औंल्याउँदै सदस्य सचिव घिसिङले राखेपले त्यस्ता खेलकुद आयोजनाका लागि राखेपले योजना बनाएर अघि बढ्ने उल्लेख गरे । उनले खेलकुदको माध्यमबाट नै देश चिनाउने मात्रै नभई सिङ्गो जिवनका लागि समेत खेलकुद सबैका लागि उत्तिकै अपरिहार्य रहने बताए । एक अर्को प्रसङ्गमा उनले पोखरा आफैमा  खेलकुदको जग बलियो शहरको रुपमा स्थापित रहेको उल्लेख गर्दै पोखरा म्याराथन र आहा रारा गोल्डकपले त्यसको जगलाई बलियो बनाउन उत्तिकै महत्वपूर्ण भूमिका खेलेको बताए ।

सो अवसरमा सदस्य सचिव घिसिङले १३ औं एन प्याव्सन स्पोर्टस मिट अन्तर्गत सञ्चालन भएको खेलकुद महोत्सवको व्यानर उडाएर उद्घाटन गरेका थिए ।

सोही कार्यक्रममा सदस्य सचिव घिसिङले एनप्याव्सन कास्कीमा आवद्ध विद्यालय ज्ञान ज्योती मावीमा कक्षा ८ मा अध्ययनरत अभिषेक तामाङलाई नगद र प्रशसापत्रले सम्मान गरे । अभिषेकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा फुल कन्ट्याक्ट करातेमा ४० केजी तौलतर्फ स्वर्ण पदक जितेका थिए ।

त्यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले खेल जित्नका लागि मात्रै नभई सहभागिता हुनु नै ठूलो विषय रहेको बताउँदै सामाजिक जिवनमा समेत खेलकुदको भूमिका उत्तिकै अपरिहार्य रहने कुरामा जोड दिए । उनले खेलकुद विकासको मुल आधार विद्यालय नै रहेको बताउँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले सातै प्रदेश मध्ये पहिलो स्थान प्राप्त गरी आम खेलप्रेमीहरुलाई गौरवान्वित बनाएको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनका केन्द्रिय निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय सह अध्यक्ष सुभाष न्यौपाने, राखेप सदस्य राजेश कुमार गुरुङ लगायतको सरहेको थियो ।

पोखरा रंगशलामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनमा आवद्ध ४७ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्चपासमा अञ्जुली वोर्डिङ स्कुल र युनिभर्स स्कुल प्रथम भएका छन् । त्यसै गरी कास्की मोर्डनाइज्डले द्वितिय स्थान प्राप्त गर्दा गण्डकी एकेडेमी तृतिय र लेभिन रेशिडेन्सियल बोर्डिङले चौथो स्थान प्राप्त गरेको छ ।

खेलकुद महोत्सव अन्तर्गत नै १५०० मिटर छात्रतर्फको दौडमा चिल्ड्र्न एकेडेमीका अस्मित शिरपाली प्रथम, कास्की मोर्डनाइज्डका प्रमोद थापा द्वितिय र अक्सफोर्डका सफल गुरुङले तृतिय स्थान प्राप्त गरेका छन् । त्यसै गरी छात्र ८०० मिटर दौडमा एल.पि देवकोटा मेमोरियलकी छात्रा मेनुका अधिकारी प्रथम, ज्ञान ज्योती मावीकी पल्लबी नेपाली द्वितिय र चिल्ड्रेन एकेडेमीकी रिती बसेलले तृतिय स्थान हासिल गरेकी छन् ।

‘एन प्यावसन कास्कीको मान्यता–विद्यालयमा खेलकुदको अपरिहार्यता’ भन्ने मुल नाराका साथ सुरु भएको खेलकुद महोत्सवमा कास्कीका ४६ विद्यालयका ७ हजार विद्यार्थीहरुको सहभागिता रहेको कास्की प्यावसनका सचिव मानकाजी गुरुङले जानकारी दिएका छिन् ।  प्रतियोगितामा छात्रतर्फ फुटबल, छात्र÷छात्रातर्फ भलिबल, बास्केटवल, व्याडमिन्टन, टेवुल टेनिस र एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका छन् । प्रतियोगितामा कक्षा १ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता करिव २५ हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निब्स बास्केटबल भोलिदेखि
निब्स बास्केटबल भोलिदेखि
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP