काठमाडौं । राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई जितका लागि १ सय २५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको हो ।
बागमतीका लागि प्रतिक श्रेष्ठले ५० बलमा ४४ रनको ईनिङ खेले। रोशन विकले अविजित ३६ तथा सक्षम बस्ताकोटीले ३३ रन बनाए ।
बागमतीका ७ खेलाडी डग आउट भए ।
बागमतीलाई कम रनमा रोक्न आकाश चन्दले ह्याट्रिक सहित ४ विकेट लिएका थिए ।
यस संस्करणको प्रतियोगितामा नै पहिलो ह्याट्रिक लिएका चन्दले ५.४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए ।
हेमन्त धामीले ३ तथा नरेन साउदले २ विकेट लिए । युवराज खत्रीको नाममा १ विकेट रह्यो ।
प्रतियोगिताको फाईनलमा आफ्नो स्थान बनाउँन सुदुरलाई सामान्य जित पर्याप्त हुनेछ ।
आजको खेलमा जित हात पारेर अपराजित रहदै सुदुरपश्चिम फाईनल पुग्न चाहान्छ ।
बागमतीका लागि भने फराकिलो जित आवश्यक रहेको छ ।
सुदुरपश्चिम ५ खेलमा अपराजित रहदै १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
बागमती भने ५ खेलमा ४ जित र एक हारका साथ ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।