जुनियर गर्ल्स फुटसल भोलि
बिहिबार, १५ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गर्ल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
आयोजकले विगतमा शिक्षकको फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटकदेखि गल्र्स फुटसललाई निरन्तता दिने उद्देश्यसाथ फुटसल आयोजना गरेको बताइएको छ ।
एकदिने प्रतियोगिताका खेलहरु खहरेस्थित पाणेनी फुटसलमा हुनेछ ।
जुनियर गर्ल्स फुटसल भोलि








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



