शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

बक्सिङमा मौसमको उडान

मंगलबार, ०६ मंसिर २०७९खेलपाटी संवाददाता
बक्सिङमा मौसमको उडान
Loading ad...
mustang rice ad

काठमाडौं । हुन त मौसम राना मगर साथीहरुको लहैलहैमा लागेर फिटनेस ट्रेनिङ सेन्टर पुगेका थिए । प्लस टुको पढाई सकाएपछि उनी खाली जस्तै थिए । फिटनेसका लागि उनी ट्रेनिङ सेन्टरसम्म पुगे, र बक्सिङ खेल्न थाले । 

उनले स्कुल, कलेजमा साथीहरुसँग खेलेको बास्केटमात्र थियो । खेलसँग उनी खासै जोडिएका थिएनन् । तर प्लस टु पछिको खोली समय बिताउन फिटनेस सेन्टर पुगेका मौसम करिब पाँच वर्षमै बक्सिङको राष्ट्रिय च्याम्पियन बनेर निस्किएका छन् । हालै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको बक्सिङतर्फ ६३ दशमलव ५ केजी तौल समुहमा मौसमले विभागका ठुला खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका छन् । ‘प्लस टु सकेपछि बक्सिङ खेलसँग जोडिएको हुँ । खाली समय थियो । साथीहरुको लहैलहैमा लागेर सिक्न गएको हो । पाँच वर्षमै बक्सिङको राष्ट्रिय च्याम्पियन बन्न सके ।’ मौसम भन्छन् । 

सुरुआतमा मौसमको परिवार बक्सिङ खेल्ने कुरासँग सहमत थिएन । तर राष्ट्रिय च्याम्पियन बनेपछि मौसमको बक्सिङ करियरप्रति घरको लवज भने फेरिएको छ । ‘फिटनेस ठिक हो । बक्सिङनै चाही नखेल भन्नु हुन्थ्यो ।’ मौसम भन्छन्, ‘नवौंमा स्वर्ण जितेपछि घरको पनि सहयोग र सद्भाव बढेको छ ।’ 

मौसमको वुबाले लामो समय बैदेशिक रोजगारीको शिलसिलामा बहराईनमा बिताए । गुल्मी पुर्तीघाट स्थायी घर भएका मौसम सपरिवार काठमाडौंमा बस्छन् । उनले नवौं राष्ट्रिय खेलकुद बागमती प्रदेशबाट खेलेका थिए । तर राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने उनी गुल्मीका पहिलो खेलाडी बने । 

‘ठमेलको जेनेक्स फिटनेसमा अभ्यास गरिरहेको थिए । राष्ट्रिय खेलकुदका लागि छनोट हुने जानकारी आयो । ६५ दशमलव ५ केजी तौल समुहमा छनोट पार गरे ।’ राष्ट्रिय खेलकुदको यात्रा बारे मौसम भन्छन्, ‘लगत्तै क्लोज क्याम्प भयो । चालिस दिन जति क्याम्पमा बसेर अभ्यास गरियो ।’ 

राष्ट्रिय च्याम्पियन भुपेन्द्र थापा मगर डेङ्गुले खेल्न नपाएपछि मौसमको स्वर्ण यात्रा केही सहज बन्यो । उनको पहिलो खेलनै एपीएफका सोनम कार्कीसँग पर्यो । ‘उहाँको फिजिक्स राम्रो थियो । सिनियर खेलाडी भएकाले सम्मान पनि थियो । तर अन्तिम राउण्डमा अंक बटुल्ने गरि खेले । नतिजापनि निस्कियो ।’ मौसम भन्छन् । 

‘सेमिफाइनलमा गण्डकीका खेलाडीको हात फाँच्चिएर वाक ओभरनै पाए । फाइनलमा आर्मीसँगको खेल गाह्रो लागेन । सुरुमै सोनम दाईलाई जितेर आएको हुनाले डर पनि लागेन । पहिलो खेलले नै आत्मविश्वास थियो ।’ स्वर्ण यात्राबारे मौसम भन्छन् । 

लहैलहैमा बक्सिङमा लागेर राष्ट्रिय च्याम्पियन बनेका मौसमको अबको सपना अन्तराष्ट्रिय एरिनामा आफु र देशलाई चिनाउनु रहेको छ । नवौंको राष्ट्रिय च्याम्पियन बनेपछि उनको नजर अब साग र एसियन गेम्समा अडिएको छ ।
‘अब साफ र एसियन गेम्सको छनोट हुने कुरा छ । अब देशका लागि अन्तराष्ट्रिय एरिनामा खेल्ने इच्छा छ ।’ मौसम भन्छन् । 

Loading ad...
LiNing Ad
#बक्सिङ मौसम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई