सर्बियाको फराकिलो जित
शनिबार, मंसिर ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा सर्बियाले फराकिलो जित निकालेको छ ।
शुक्रबार राति भएको खेल सर्बियाले बहराइनलाई ५-१ गोल अन्तरले हराएको हो ।
सर्बियाको जितमा डुसन टाडिकले दुई गोल गरे ।
डुसन भ्लाल्होभिच, फिलिप डुरिसिच र लुका जोभिकले एक एक गोल गरे ।
बहराइनका अब्दुल्लाह युसुफ हेलालले एक गोल फर्काए ।
कतार विश्वकपमा सर्बिया समूह जी मा रहेको छ ।
यस समूहमा ब्राजिल, क्यामरुन र स्विजरल्याण्ड रहेको छ ।
सर्बियाले ब्राजिलसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
सर्बियाको फराकिलो जित













-1763024272658.jpeg&w=3840&q=75)