इजिप्टसँग हार्यो बेल्जियम
शुक्रबार, मंसिर २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप फुटबल अघिको मैत्रीपूर्ण खेलमा बेल्जियम पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा बेल्जियमलाई इजिप्टले २-१ गोलले हराएको हो ।
खेलको ३३ औं मिनेटमा मोस्ताफा मोहमेदले गोल गर्दै इजिप्टलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा ट्रेजेगुएटले गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा लोइस ओपेन्डाले गोल गरेपनि बेल्जियम २-१ ले पराजित भयो ।
कतार विश्वकप आइतबारबाट सुरु हुनेछ ।
विश्वकपमा बेल्जियम समूह 'एफ' मा रहेको छ ।
यस समूहमा क्यानडा, मोरक्को र क्रोएसिया रहेको छ ।
बेल्जियमले क्यानडाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
इजिप्ट विश्वकपमा छनोट भएको छैन ।
इजिप्टसँग हार्यो बेल्जियम













-1763024272658.jpeg&w=3840&q=75)