स्पेनका जोसेले विश्वकप गुमाउने, बाल्डे टोलीमा
शुक्रबार, मंसिर २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनका डिफेन्डर जोसे गायाले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् ।
चोटका कारण लेफ्ट ब्याक जोसेले विश्वकप गुमाउने भएका हुन् ।
जोसे स्पेनको विश्वकप खेल्ने टोलीमा रहेका थिए ।
स्पेनले जोसको स्थानमा अलेजान्ड्रो बाल्डेलाई बोलाएको छ ।
१९ वर्षीय डिफेन्डर बाल्डे बार्सिलोनाका खेलाडी हुन् ।
कतार विश्वकप आइतबारबाट सुरु हुनेछ ।
विश्वकपमा स्पेन समूह 'ई' मा रहेको छ ।
यस समूहमा जर्मनी, कोस्टारिका र जापान रहेको छ ।
स्पेनले कोस्टारिकाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
स्पेनका जोसेले विश्वकप गुमाउनेबाल्डे टोलीमा













-1763024272658.jpeg&w=3840&q=75)