काठमाडौं । बागमती युवा क्लबले ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको फाइनलमा गोलबजार एससीलाई १-० गोल अन्तरले हराउँदै बागमती च्याम्पियन बनेको हो ।
बागमतीलाई जित दिलाउन विमल घिसिङले निर्णायक गोल गरे ।
उपाधिसँगै बागमती सहिद स्मारक 'सी' डिभिजन लिगका लागि छनोट भएको छ ।

उपविजेता गोलबजार पनि 'सी' लिगमा छनोट भएको छ ।
छनोट अन्तर्गत नकआउट चरणको समूह २ बाट बागमती र समूह १ बाट गोलबजारले फाइनलमा स्थान बनाएका थिए।
'सी' डिभिजन लिग आगामी बैशाख २२ गतेबा सुरु हुनेछ ।