काठमाडौं । मैत्रीपूर्ण खेलमा पोल्याण्डले चिलीलाई हराएको छ ।
फिफा विश्वकप अघिको मैत्रीपूर्णमा पोल्याण्डले चिलीलाई १-० ले हराएको हो ।
पोल्याण्डको जितमा क्रेजोस्टोफ पियाटेकले निर्णायक गोल गरे ।
उनले खेलको ८५ औं मिनेटमा गोल गरेका हुन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा पोल्याण्ड समूह 'सी' मा रहेको छ ।
यस समूहमा अर्जेन्टिना, मेक्सिको र साउदी अरेबिया रहेको छ ।
पोल्याण्डले नोभेम्बर २२ मा मेक्सिकोविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।