काठमाडौं । फ्रान्सका फरवार्ड क्रिस्टोफोर एनकुनकुले कतारमा आयोजना हुने फिफा विश्वकप गुमाउने भएका छन् ।
खुट्टामा लागेको चोटको कारण एनकुनकुले कतार विश्वकप गुमाउने भएका हुन् ।
३५ वर्षीय फरवार्ड यस सिजन बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता हुन् ।
आरबी लाइपजिगका लागि उनले १५ खेलमा १२ गोल गरेका छन् ।
फ्रान्सले एनकुनकुको स्थानमा खेल्ने अर्को खेलाडीको नाम सार्वजनिक गरेको छैन ।
फ्रान्स विश्वकपमा समूह 'डी' मा रहेको छ ।
फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।