मानेले विश्वकपको पहिलो खेल गुमाउने
मंगलबार, कार्तिक २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सेनेगलका स्टार फरवार्ड साडियो मानेले कतारको फिफा विश्वकप अन्तर्गत पहिलो खेल गुमाउने भएका छन्।
सेनेगल फुटबल फेडेरेसनले मंगलबार मानेले विश्वकपको पहिलो खेल गुमाउने जनाएको छ ।
खुट्टाको चोट बाबजुत माने सेनेगलको विश्वकप खेल्ने टोलीमा रहेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।
कतार विश्वकपमा सेनेगल समूह 'ए' मा रहेको छ ।
सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
मानेले विश्वकपको पहिलो खेल गुमाउने













-1763024272658.jpeg&w=3840&q=75)