काठमाडौं । फ्रान्सका डिफेन्डर प्रेस्नल किम्पेम्बेले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन्।
चोटको कारण पीएसजीका सेन्टर डिफेन्डर किम्पेम्बेले विश्वकप गुमाउने भएका हुन् ।
मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले उनलाई चोटका बाबजुत टोलीमा राखेको थियो ।
तर, पूर्ण फिट नभएपछि किम्पेम्बे विश्वकप टोलीबाट बाहिरिएका छन् ।
साविक विजेता फ्रान्सले उनको स्थानमा एक्सेल डिसासीलाई टिममा सामेल गरेको छ ।
यस्तै फ्रान्सले मार्कुस थुरामलाई पनि टिममा समावेश गरेको छ ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा फ्रान्स समूह 'डी' मा रहेको छ ।
फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।