काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलायाका थिए ।
खेलको ६१ औं मिनेटमा डानिल जेम्सले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेको छ ।
युनाईटेड पाँचौं स्थानमा रहेको छ ।
फुलहम १९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।