काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको २५ औं मिनेटमा एडिमोला लुकम्यानले पेनाल्टीमार्फत गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ३६ औं मिनेटमा इडेन डेज्कोले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५६ औं मिनेटमा इडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए ।
खेलको ६१ औं मिनेटमा जोसे लुइसले आत्मघाती गोल गर्दै इन्टरलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा जोसे लुइसले गोल गरेपनि इन्टर ३-२ ले विजयी भयो ।
जितसँगै इन्टरले १५ खेलमा ३० अंक जोडेको छ ।
इन्टर चौंथो स्थानमा रहेको छ ।
एट्लान्टा २७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।