काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले अक्से एफसीलाई ५-० गोल अन्तरले हराएको हो ।
खेलको ११ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५१ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
खेलको ५७ औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै पीएसजीको अग्रता ३-० को बनाए ।
८१ औं मिनेटमा रेनेटो सान्चेसले गोल गर्दा पीएसजीको अग्रता ४-० को बन्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा हुगो एकिटीकेले गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए ।
जितसँगै पीएसजीले १५ खेलमा ४१ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।