काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
प्रतियोगिता अन्तर्गत समूह 'ए' बाट कामना सेवा विकास बैंक समूह विजेता र लुम्बिनी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह 'बी' बाट माछापुच्छ्रे बैंक विजेता र नेपाल इन्भेस्टमेन्ट बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह 'सी' बाट ज्योति विकास बैंक विजेता र प्रभु बैंक उपविजेता बन्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह 'डी' बाट सिद्दार्थ बैंक विजेता र एनएमबी बैंक उपविजेता बन्दै नकआउट चरणमा पुग्दा समूह 'ई' बाट सानिमा बैंक विजेता र राष्ट्रिय बीमा संस्थान उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह 'एफ' बाट हिमालयन बैंक विजेता र कुमारी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
यस्तै सांग्रिला बैंक, गुर्खास फाइनान्स र महालक्ष्मी विकास बैंक उत्कृष्ट तेस्रो हुँदै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कामना सेवा विकास बैंकको आयोजना र खेलपाटी डटकमको व्यवस्थापनमा जारी प्रतियोगिताको नकआउट चरण र फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो ।
प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाएको छ । महिला टोलीमा आयोजक कामना र माछापुच्छ्रे रहेको छ । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।