विश्वकपका लागि उरुग्वेको टिम घोषणा
शुक्रबार, २५ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि उरुग्वेले टिम घोषणा गरेको छ ।
उरुग्वेले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
उरुग्वेले घोषणा गरेको टोलीमा एडिन्सन काभानी, लुइस सुआरेज लगायतका खेलाडी अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा उरुग्वे समूह 'एच' मा रहेको छ ।
यस समूहमा पोर्चुगल, घाना र दक्षिण कोरिया रहेको छ ।
उरुग्वेले नोभेम्बर २४ मा दक्षिण कोरियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

विश्वकपका लागि उरुग्वेको टिम घोषणा







-1770375849820.jpg&w=3840&q=75)






