पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद आज बिहीबार सकिदैछ ।
नवौं राष्ट्रिय खेलकुदको अन्तिम दिन बिहीबार पनि विभिन्न खेलहरु हुँदैछ ।
पुरुष फुटबल, पुरुष भलिबल लगायतको फाइनल खेलहरु बिहीबार हुनेछ ।
नवौंको अन्तिम दिन एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछ ।
यस्तै स्क्वास पोखरा रंगशाला स्क्वास हल, उसु पोखरा रंगशाला कभर्डहल,पुरुष बास्केटबल पोखरा रंगशाला, ट्रयाथलन लेकसाइट पोखरा, जुडो प्रदर्शनी हल पोखरा, कबड्डी केसी पोखरा क्याटरिङ, खो खो पोखरा ह्यान्डबल एकेडेमी र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ ।