सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
Bhat Bhateni Supermarket Ad

 नवौं राष्ट्रिय : भारोत्तोलनमा विकास र तारादेवीलाई स्वर्ण

मंगलबार, ०१ कार्तिक २०७९खेलपाटी संवाददाता
 नवौं राष्ट्रिय : भारोत्तोलनमा विकास र तारादेवीलाई स्वर्ण
Classic Tech Internet Ad

पोखरा । नेपाल पुलिसका विकास थापाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलनको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार राति भएको प्रतिस्पर्धामा उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै प्रहरीलाई अर्को स्वर्ण दिलाउन सफल भए ।

यस्तै, मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा ८८ र क्लीन एण्ड जर्कमा ९५ केजी गरी कुल १८३ भार उठाउँदै रजत जितेका हुन् । कास्य जितेका सुदूरका नरेशले स्न्याचमा ७७ र क्लीन एण्ड जर्कमा ९७ केजी गरी कुल १७४ केजी भार उठाएका थिए ।

महिला ७६ केजी तौल समूहमा नेपाल पुलिसकी पूजा कुमालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १७१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । यस्तै, गण्डकीकी सरस्वती गुरुङले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२३ केजी भार बहन गर्दै रजत जितिन् । कास्य पदक नेपाल पुलिसको पक्षमा गयो । पुलिसकी सजना थिंङ लामाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२२ केजी भार बहन गरेकी थिइन् ।

मंगलबार बिहान भएको महिला ८१ केजी तौल समूहको स्वर्ण नेपाल पुलिसकी तारादेवी पुनले जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार बहन गर्दै पुलिसलाई अर्को स्वर्ण दिलाएकी हुन् । मात्र ४ खेलाडी सहभागी सो स्पर्धामा एपिएफकी अञ्जली श्रेष्ठले रजत जितिन् भने सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कास्य जितिन् । अञ्जलीले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२१ केजी तथा चम्फाले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार बहन गरेका थिए ।

मंगलबार दिउँसो भएको प्रतियोगितामा नेपाल प्रहरीकी जुनमाया छन्त्यालले राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन् ।  महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् ।

यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।

यसैगरी, मंगलबार बिहान सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौंथो स्वर्ण दिलाएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिए ।

यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् ।

मंगलबारसम्म पुलिसले ८ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितेका छन्।

कात्तिक २ गते सकिने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल भएको हो । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौंमा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
नवौं राष्ट्रिय : भारोत्तोलनमा विकास र तारादेवीलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश-१ ले नगदसहित सम्मान गर्ने

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद २०८१ को मंसिर २ देखि ९ गतेसम्म हुने

Bajaj Pulsar Motorcycle Ad
पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा