नवौं राष्ट्रिय : महिला फुटबलमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
मंगलबार, ०१ कार्तिक २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागिय टोली एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफ स्वर्ण नजिक पुगेको हो ।
एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ५६ औं मिनेटमा निर्णायक गोल गरिन् ।
अब उपाधिका लागि एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पुलिसले प्रदेश नम्बर १ लाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
नवौं राष्ट्रिय : महिला फुटबलमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा





-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)






