नवौं राष्ट्रिय : गण्डकीलाई हराउँदै आर्मी फाइनलमा
मंगलबार, कार्तिक १, २०७९खेलपाटी संवाददाता

पोखरा । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १-० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो ।
आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे ।
खेलको ५८ औं मिनेटमा सुदिलले निर्णायक गोल गरे । उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए ।
अब आर्मीले उपाधिका लागि एपीएफ र सुदूरपश्चिमबीचको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा मंगलबार नै एपीएफ र सुदूरपश्चिम भिड्ने छन् ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

