नवौं राष्ट्रिय : लङजम्पमा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
मंगलबार, कार्तिक १, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला लङजम्पमा आर्मीकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै जयरानीले स्वर्ण जितेकी हुन् ।
यस अघि लुम्बिनीकी निशा चौधरीको नाममा ५.४७ मिटरको कीर्तिमान थियो । निशाले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता कीर्तिमान बनाएकी थिइन् ।
यस स्पर्धामा लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत जितिन् ।
एपीएफकी सिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य हात पारिन् ।
नवौं राष्ट्रिय : लङजम्पमा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण













-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)