नवौं राष्ट्रिय : म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण
मंगलबार, कार्तिक १, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको म्याराथनमा गण्डकीमा अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा मंगलबार अनिशले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
अनिश भारतीय सेनामा कार्यरत रहेका छन् ।
आर्मीका कृष्ण बस्नेतले २ घण्टा २३ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै रजत जिते ।
एपीएफका सन्तोष बिक्रम बिष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डसहित कास्य हात पारे ।
नवौं राष्ट्रिय : म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण













-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)